दक्षिण अमेरिकामा भयानक आँधी आए पछि कम्तीमा २० जनाको मृत्यु : JCNEPAL MEDIA

चैत्र ०३,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : दक्षिण अमेरिकामा भयानक आँधी आएको छ । यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ । तीमध्ये १२ जना मिसौरीका छन् । बीबीसीका अनुसार आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पु¥याएको छ । धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ ।

टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ । ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो (स्थानीय समय) ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको छ । प्रभावित राज्य टेक्सास, मिसौरी र इलिनोइस छन् ।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ । साथै अलाबामा र अर्कान्सासका केही भागमा पनि बाढीको चेतावनी जारी गरिएको छ । राष्ट्रिय मौसम सेवाले यो अचानक आएको बाढीले ज्यान गुमाउन सक्ने जनाएको छ । यसअघि शनिबार बिहान सेन्ट्रल मिसिसिपीमा आँधीका कारण उच्च सतर्कता जारी गरिएको थियो ।

प्रकाशित : चैत्र ०३,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA