मलद्धारमा प्रहरीको गोली लागेका घाईते सँतोषलाई जनकपुरमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमान्डौँ रिफर : JCNEPAL MEDIA

चैत ०४,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौ धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनमा जातको नामले बोर्ड लगाउन भएको विवादमा एक युवक पिसिलिएका छन् । जातको राजनीतिको जँजीरमा फँसेर एक युवकले जीवन र मृत्यूसँग लडिरहेका छन् ।

जातीय चोक बनाउने विषयमा उत्पन्न विवादको क्रममा प्रहरीमाथि ढुँगामुढा गरेपछि प्रहरीले चलाएको गोली लागेर घाईते भएका सँतोष यादवलाई काठमान्डौँ रिफर गरिएको छ । शहीदनगर नगरपालिका वडा नम्बर १ कुम्भकर्णका संतोष यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ पठाइएको हो।

विवाद सबैला नगरपालिकामा भएपनि उनी शहिदनगर नगरपालिकाबाट जातको हिसाबले ढुँगामुढा गर्न गएको प्रहरीले जनाएको छ । जातीय झगडा भएको भन्दै उनी अर्को गाउँबाट ढुँगामुढा गर्न गएपछि प्रहरीले गोली चलाउँदा मलद्धारमै गोली लागेको हो ।

उनी सख्त घाईते भएका छन् ।

प्रकाशित : चैत ०४,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA