दिल्लीमा आरजु राणा र एस जयशंकरबीच भेटवार्ता : JCNEPAL MEDIA

चैत ०६,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा .एस जयशंकरबीच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी राणा र जयशंकरबीच आज भेटवार्ता भएको हो।

भेटका क्रममा उनीहरूबीच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसीहितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएको उनको सचिवालयले जनाएको छ।

नेपाल र भारतबीच पछिल्लो समय भएका द्विपक्षीय भेटवार्ता, भ्रमणहरूको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्राञ्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे पनि सो भेटका क्रममा कुराकानी भएको थियो।

प्रकाशित : चैत ०६,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA