बसले ठक्कर दिँदा साईकल यात्रीको घटनास्थलमै मृत्यू : जनकपुर JCNEPAL MEDIA

चैत ०८,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरमा साईकल यात्रीलाई यात्रुवाहक बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको छ ।

जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्ड अन्तर्गत साँझ करिब ७ः१५ बजेको समयमा जनकपुरबाट काठमान्डौँको लागि खुलेको बसले बाटो काटदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो ।

जनकपुरबाट काठमान्डौँको लागि खुलेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले ठक्कर दिँदा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय ७० बर्षिय रबिन्द्र मण्डलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।

६ लेन सडकमा बाबाको ढाबा होटल अगाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित : चैत ०८,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA