प्रहरीबाट लुटिएको पेस्तोल र गोली फेला पर्‍यो : हेटौंडा JCNEPAL MEDIA

चैत १९,२०८१/ जेसी नेपाल संवाददाता

हेटौंडा : लागूऔषध कारोबारीले प्रहरीबाट लुटेर लगेको पेस्तोल मंगलबार प्रहरीले फेला पारेको छ । मकवानपुरको कैलाश गाउँपालिका-१ वोलने लेकको जंगलमा फालेको अवस्थामा गोलीसहित पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरट्ठक्षक विश्वराज खड्काले बताए ।

मकवानपुरको कैलाश गाउँपालिका-६ दुम्सीखर्कस्थित जंगलमा लागूऔषध कारोबारीले सोमबार प्रहरीको पेस्तोल लुटेर भागेका थिए । पेस्तोल लुटेरा र पेस्तोलको खोजीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा ६५ जना प्रहरी सोमबार बेलुकादेखि त्यस क्षेत्रमा परिचालन गरिएको थियो ।

अफिमको कारोबार भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती कैलाश गाउँपालिका-६ दुम्सीखर्कको जंगलमा पुग्दा २ केजी अफिम र मोटरसाइकल छाडेर कारोबारी भागेका थिए ।

अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालय पालुङतर्फ आउने क्रममा दुम्सीखर्कनजिकै अफिम कारोवारीसहितको १५ जना जतिको समूहले घेरा हालेर प्रहरीलाई कुटपिटसमेत गरेर पेस्तोल लुटेर भागेका थिए । उनीहरूले ७ राउन्ड गोली लोड भएको टाइप–५४ को पेस्तोल लुटेको लगेका थिए ।

प्रकाशित : चैत १९,२०८१                        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA