धनुषामा भालुको आक्रमणबाट एक जना गम्भिर, काठमान्डौं भए रिफर : JCNEPAL MEDIA

चैत २३,२०८१ / जेसी नेपाल संवाददाता

धनुषामा भालुले आक्रमण गर्दा एक जना व्यक्ति गम्भिर घाईते भएका छन् । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ बिमिरेमा आज बिहान घाँस काट्न गएका एक जना व्यक्तिलाई भालुले आक्रमण गर्दा गम्भीर घाईते भएका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ पाटुका ५५ वर्षीय जिस्नु दुलाललाई भालुले आक्रमण गरी घाईते बनाएको हो। भालुको आक्रमणमा परि गम्भीर घाईते भएका दुलाललाई स्थानीयहरूले तुरुन्तै उद्धार गरी जनसेवा अस्पताल बर्दिबासमा लगेको थियो ।

दुलाललाई प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर रेफर गरिएको छ। उनको अनुहारमा अत्याधिक घाउ देखिएको छ ।

घटनापछि वन क्षेत्रमा जाने व्यक्तिहरूलाई अत्यधिक सतर्कता अपनाउन स्थानीय प्रशासन तथा वन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित : चैत २३,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA