बारा सिम्रौनगढका घुमुवा प्रहरी महतो र पटेल दुबैले गर्छ ,असुली धन्दा : JCNEPAL MEDIA

चैत २३,२०८१ / जेसी नेपाल संवाददाता

वीरगंज : बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपमा घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रशय दिईरहेको समाचार प्राप्त भएको छ ।ईप्रका सिम्रौनगढ मातहतका युनिटहरु र तस्करहरुबाट रकम असुलीकै लागि दुई जना प्रहरीलाई घुमुवाको रुपमा खटाईएको बताईन्छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी सहायक निरीक्षक विजय महतो र प्रहरी जवान छोटेलाल पटेलले सिम्रौनगढ मातहत पर्ने काचोर्वा, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही, पिपरपाती लगायतका नाकाहरुबाट हुने गरेको अबैध कारोबारीहरुबाट मासिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानियहरुले बताएका छन् ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय सिम्रौनगढका घुमुवा चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ ।

सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक १० हजार देखि ५० हजार असुली द्धय घुमुवाहरुले तस्करीको लाईन सुचारु गराएको एक व्यपारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । सो नाका भएर भारतबाट अरविन्द हार्डवेयर र कस्मेटिक, शत्रुधन र सन्दिप चला, भोला, मास्टर, सन्दीप र राकेश कपडा, धान, मल लगायतका सामग्रीहरुको तस्करीको माध्यमबाट निर्वाध रुपमा आईरहेको समाचार स्रोतको दाबी रहेको छ ।

नेपालबाट रक्सी, कबाड लगायतका सामग्रीहरु प्रहरी प्रशासनको मिलोमतोमा भारततर्फ निर्वाध रुपमा तस्करी भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । ती स्रोतका अनुसार तस्करी वापत द्धय घुमुवाहरु महतो र पटेलले ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवम प्रहरी निरीक्षक पवन पछाईलाई राम्रै रकम बुझाउने गरेको बताईन्छ । यदि प्रहरी निरीक्षक पछाईले मासिक नजराना नबुझेको भए निर्वाध रुपमा तस्करी भईरहेको विभिन्न माध्यमले प्रहरी निरिक्षकलाई जानकारी गराए पनि कुनै कारवाही नगरी मौन बस्नुले पनि उनको पनि संलग्नता रहेको प्रष्ट हुन्छ ती स्रोतको भनाई रहेको छ ।

बिवादित प्रहरी सहायक निरिक्षक महतो ईप्रका सिम्रौनगढ मातहतमा पर्ने पिपरपाती चौकीका प्रमुख र करिब एक वर्ष अगाडि जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा बसी कार्य गरिसकेको हुनाले सो क्षेत्रका तस्कर र तस्करीहरुबारे जानकार रहेकोले इप्रकाका प्रहरी निरीक्षक पछाईले घुमुवाको रुपमा खटाई अवैध आर्थिक असुली गराई रहेको स्रोतले जनाएको छ । त्यसैगरी प्रहरी जवान छोटेलाल पटेल प्रहरी संगठनका अधिकृतहरुलाई रिझाई बिगत दुई वर्ष देखि ईप्रका सिम्रोनगढमा घुमुवाको रुपमा कार्य गर्दै प्रहरी सहायक निरीक्षक महतो सँगै तस्करी लगायत अवैध कार्यलाई बढावा दिदै आएको स्रोतको भनाई रहेको छ ।

सो सम्बन्धमा ईप्रका सिम्रोनगढका प्रहरी निरिक्षक पछाई सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन । सो क्षेत्रहरुबाट चोरी तस्करी बढेको भए पनि प्रहरीको माथिल्लो निकायको ध्यान नपुग्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

प्रकाशित : चैत २३,२०८१                       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA