धनुषा प्रहरीले जनकपुरकाे बिन्धीमा अंसु हत्याकाे मुख्य अभियुक्त पक्राउ गरी अन्यको खोजी गरे तिव्र : JCNEPAL MEDIA

चैत २४,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : जनकपुरधामको बिन्धीमा अंसु हत्याकाण्डमा संलग्न मुख्य अभियुक्तलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । घटनाको गहिरो अनुसन्धान जारी रहेको र बाँकी फरार अभियुक्तको खोजी तीव्र पारिएको प्रहरी एसपी भुवनेश्वर तिवारीले जनाएको छ। तर, अंशुकाे आफन्त र आमको भनाइ रहेको छ कि छाेरालाई छुरा हान्नेलगायत संलग्न सम्पूर्ण माथि मुद्दा दायर गरि अनुसन्धान थाल्नु पर्छ, त्यसमा धनुषा प्रहरीले ढिलाइ गरिरहेकाे छ ।

यता , धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार बाँकी अभियुक्तहरू फरार भई भारततर्फ लुकेका हुनसक्ने आशंकामा भारतीय समकक्षी सुरक्षासँग समन्वय भइरहेको छ। “उनीहरूलाई पक्राउ छिटोभन्दा गर्छु, तर अनुसन्धानलाई कुनै ढिलाइ गर्ने छैन,” एसपी तिवारीले बताए।

एसपी तिवारीले घटनासँग सम्बन्धित भ्रम फैलाउने कार्य नगर्न र अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। “यो संवेदनशील मुद्दा हो, तथ्यमा आधारित जानकारी मात्र शेयर गर्नुपर्छ,” उनले स्पष्ट पारे।

जनकपुरधामवासीमा यस घटनाप्रति चासो बढ्दो छ भने प्रहरीको सक्रियता र प्रतिबद्धताले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ।

प्रकाशित : चैत २४,२०८१                          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA