आज मधेश प्रदेशसभामा सम्बोधन गर्न जनकपुर आउँदै प्रधानमन्त्री ओली : JCNEPAL MEDIA

चैत २६,२०८१ / जेसी नेपाल संवाददाता

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आज मंगलवार जनकपुरधाम आउन लागेका छन् ।

मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा बोलाइएको छ ।

प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ । प्रदेश सभामा सम्बोधनपछि दलका नेताहरुसित भेटघाट गर्ने बताइएको छ । प्रदेश सभाको कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले एमाले सिरहा जिल्लाको अधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी राजधानी काठमाण्डु फर्किने छन् ।

प्रकाशित : चैत २६,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA