अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : प्रचण्ड JCNEPAL MEDIA

चैत ३१,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने बताएका छन्।

आइतबार चितवनमा भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने जिकिर गरे। उनले अहिलेको नयाँ अनुभवका आधारमा आफूले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे। प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहेपनि अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थितिले देखाएको बताए।

उनले चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केहि न केहि निकास लिएर आउने उल्लेख गरे। त्यस्तै प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए । उनले राम्रा काम गर्न,राजनीतिक दलहरूलाई आत्मसमीक्षा, आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने दावी गरे।

उनले नयाँ संकल्प गर्नका लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे।

प्रकाशित : चैत ३१,२०८१                      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA