नयाँ वर्षमा नयाँ सरकार बन्ने : प्रचण्ड JCNEPAL MEDIA

बैशाख ०१,२०८१ / जेसी नेपाल संवाददाता

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् ।

आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको बताए । नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा प्रचण्डले भने, परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ । उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गर्दै भने, नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।

यसअघि प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । त्यसबारे थप प्रष्ट्याउन पत्रकारहरुको प्रचण्डलाई भनेका थिए । तर यसबारे थप बोल्न नलगाउन प्रचण्डले पत्रकारहरुलाई अनुरोध गरे । यद्यपि उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताए । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गरे । यसबारे धेरै बोल्न नलगाउन आग्रह गर्दै प्रचण्डले भने, ‘पछिल्लोपटक घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभव सहित भनेको हो मैले ।

केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ । सरकारमा जानेबारे माओवादी केन्द्रले ध्यान नदिएको दाबी प्रचण्डले गरे । ‘सरकारतिर त्यति ध्यान हाम्रो चाहिँ छैन, उनले भने ।

प्रकाशित : बैशाख ०१,२०८१                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA