कर वृद्धिमा कुनै पनि देशलाई छुट दिदैनाैं : ट्रम्प : JCNEPAL MEDIA

बैशाख ०२,२०८१ / जेसी नेपाल संवाददाता

वासिङटन : कुनै पनि देश करको दायराबाट बाहिर नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। उनले चिनियाँ आयातलाई लक्षित गर्दै यस्तो बताएका हुन्। ट्रम्पले विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपाय अपनाउन थालेपछि विश्वको अर्थतन्त्र उच्च जोखिमको खेलमा फसेको छ।

चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म बढेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ। अमेरिकी पक्षले शुक्रबार स्मार्टफोन, ल्यापटप, सेमिकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनहरूको लागि कर छुटको सूची दिँदै दबाबलाई केही कम गरेको थियो। यी उत्पादनका लागि चीन एक प्रमुख स्रोत हो। ट्रम्प र उनका केही शीर्ष सहयोगीहरूले ९० दिन कर छुटको गलत अर्थ लगाइएको बताएका छन्।

यो अस्थायी मात्र हुनेछ किनकि ट्रम्पको टोलीले सूचीका धेरै वस्तुहरूमा नयाँ करहरू लगाउने दिशामा छलफल गरिरहेको छ। ‘चीनमात्र होइन, विशेषगरी जसले अहिलेसम्म हामीलाई करका हिसाबले सबैभन्दा खराब व्यवहार गर्दछ, कोही पनि ‘कर वृद्धि’को जोखिमबाट टाढा छैन, अमेरिकी राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा जारी सन्देशमा भनेका छन्। यसअघि बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबारको कदमले ‘एउटा सानो कदममात्र हो’ भन्दै ट्रम्प प्रशासनले सम्पूर्ण कर रणनीति ‘पूर्ण रूपमा रद्द’ गर्नुपर्नेमा जोड दिएको थियो।

अमेरिकाले शुक्रबार स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको थियो। यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र अन्य प्रविधिजन्य सामानलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाएको थियो।

प्रकाशित : बैशाख ०२,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA