२५ करोड प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर, काठमाडौं जिल्ला अदालतमा JCNEPAL MEDIA

बैशाख ०३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : २५ करोड बराबरको विदेशी मुद्रा प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले आरोपी कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४५ र ९ को कसूरमा मुद्दा दायर गरिएको हो। उनीहरूसँग २५ करोड, ३४ लाख, ७८ हजार ८४२ रुपैयाँ बिगो मागसमेत गरिएको छ। बरामद भएको विदेशी मुद्राको गत चैत ४ गतेको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दरअनुसार उक्त रकम बिगो माग गरिएको हो।

चोरी पैठारी मुद्दामा सजाय भोगिसकेका लामाले सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुनः कसूर गरेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुने भएको छ। त्यस्तै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) बमोजिम बरामदित उक्त विदेशी मुद्राहरू जफत गर्न, उक्त वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) कसूरजन्य सम्पत्ति तथा साधन ( रोका, नियन्त्रण र जफत ) ऐन, २०७४ को दफा ११ बमोजिम जफतको माग दाबी लिई मुद्दा दायर गरिएको छ।

लामाले चलाएको ट्रकबाट ५००,२००,१०० र ५० दरका १३ लाख ७५ हजार १५० युरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरिएको थियो। लामा प्रहरी हिरासतमा रहे पनि अर्का प्रतिवादी नारायण पौडेल फरार छन्।

प्रकाशित : बैशाख ०३,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA