संयन्त्रको बैठक पछि भने, बाहिर हल्ला भएजस्तो सरकारमा समस्या छैन : गृहमन्त्री लेखक JCNEPAL MEDIA

बैशाख ०३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : गृहमन्त्री रमेश लेखकले बाहिर हल्ला भएजस्तो सरकारमा समस्या नभएको बताएका छन्। बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुनै समस्या नभएको स्पष्ट पारेका हुन्। ‘बाहिर जुन किसिमको हल्ला चलेको छ। त्यस्तो समस्या सरकारमा छैन।

दुई दलका नेताबीच त्यस्तो कुनै समस्या छैन। आज सौहार्द वातावरणमा दुई दलबीच छलफल भएको छ, उनले भने। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वको सरकार छिट्टै ढल्ने र कांग्रेस नेतृत्वमा सरकार गठन हुने अभिव्यक्ति दिएपछि गृहमन्त्री लेखकले त्यस विषयमा विषयमा प्रष्ट पारेका हुन्।

उनले उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठक बसेको र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। आन्दोलनरत शिक्षकहरूको माग मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नै सम्बोधन गरेकाले प्रदर्शन रोकेर घर फर्किन उनले आग्रह गरे। वैशाख १२ गते आह्वान भएको सदन बैठकमा विद्यालयसम्बन्धी विधेयक प्रस्तुत गरिने उनले बताए।

शिक्षकहरूको माग सम्बोधन गर्न आउँदो संसद बैठकमा विधेयक प्रस्तुत हुने र उक्त मागका विषयहरू पनि सम्बोधन गरिनेछ,’ उनले भने। उनले बजेट अधिवेशन भए पनि सरकारले विद्यालयसम्बन्धी विधेयक अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित : बैशाख ०३,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA