एक भारतीय विद्यार्थीको गोली हानी हत्या : क्यानडा JCNEPAL MEDIA

बैशाख ०६,२०८१ / जेसी नेपाल संवाददाता

टोरन्टो : क्यानडामा गोली लागी एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ। उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले प्रतिक्रिया जनाएको छ।

हामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट धेरै दुखी छौं । कन्सुलेट जनरलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्। स्थानीय प्रहरीका अनुसार उनी निर्दोष व्यक्ति भएको दूतावासले उल्लेख गरेको छ। उनलाई दुई सवारी साधन बीचको गोली हानाहानको क्रममा गोली लागेको थियो। दूतावासले भन्यो, हामी उनको परिवारसँग सम्पर्कमा छौं र उनीहरूलाई आवश्यक सबै सहयोग प्रदान गर्दैछौं।

यस कठिन समयमा हाम्रो समवेदना र प्रार्थना शोकसन्तप्त परिवारसँग छ। ह्यामिल्टन प्रहरीले पनि एक विज्ञप्ति जारी गर्दै यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

प्रकाशित : बैशाख ६,२०८१                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA