नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न : भारतीय प्रम मोदी मधुवनी आउने JCNEPAL MEDIA

बैशाख ०६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धि छलफल सम्पन्न भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी अप्रिल २४ तारिखका दिन बिहारको मधुवनीमा आउन लागेका हुन् । उनको भ्रमणलाई ध्यानमा राख्दै भारतीय सुरक्षा अधिकारीहरुको अगुवाईमा सीमा सुरक्षा सम्बन्धि छलफल भएको हो ।

भारतको जयनगरमा भएको छलफलमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरीका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको थियो भने भारतको तर्फबाट मधुवनी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

बैठकबाट ७ बुँदे सुरक्षा सम्बन्धि निर्णयहरु समेत गरिएका छन् ।

प्रकाशित : बैशाख ६,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA