सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

बैशाख ०७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्। सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफल पछि बाहिरिने क्रममा उनीहरूले विभिन्न नारा लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए।

निषेधित क्षेत्र तोड्ने लक्ष्यसहित सडकमा कार्यकर्ताहरूले प्रदर्शन जारी गरिरहेका बेला सांसदहरूले भने सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएका हुन्। सोही क्रममा राप्रपा सांसदहरूको पम्प्लेट प्रहरीले खोसेका थिए। यद्यपि उनीहरूका गतिविधि शंकास्पद देखिन थालेपछि प्रहरीले भ्यानमा राखेर बाहिर ल्याएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,प्रमुख सचेतक ज्ञानेन्द्र शाही र उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवैजनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ। राप्रपाको आज निषेधित क्षेत्र तोड्ने योजनाका साथै प्रदर्शनसँगै गिरफ्तारी दिने तयारी थियो। प्रहरीले उनीहरूले सिंहदरबार भित्रै प्रदर्शन गर्नसक्ने भन्दै निगरानीमा राखेको थियो।

प्रकाशित : बैशाख ०७,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA