गँगासागरको डीलमा रामनारायण मिश्रको समाधीस्थल निर्माण कार्य रोक्का गर्न उच्च अदालतको अन्तरिम आदेश : JCNEPAL MEDIA

बैशाख ०७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अहिले विवादित रहेको जनकपुरको गँगासागर डीलमा निर्माणधिन रहेको स्वर्गीय रामनारायण मिश्रको समाधीस्थल निर्माण कार्य रोक्का गर्न अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुरले आईतबार अन्तरिम आदेश जारी गर्दै भवन निमार्ण कार्य यथास्थितिमा राख्न तथा निर्माण कार्य तत्काल रोक्का गर्न अन्तरिम आदेश दिएको हो । जनकपुरका महेन्द्र साहले उच्च अदालत जनकपुरमा दिएको रिटमा जिल्ला प्रशासन कार्यालय धनुषालाई विपक्षि बनाईएको छ । गुठी सँस्थान जनकपुरको पत्रलाई उदृत गर्दै अदालतले तत्काल निर्माण कार्य रोक्का गर्न अन्तरिम आदेश दिएको हो ।

जलासयको डीलबाट कम्तीमा ५ मिटर दुरी बनाएर मात्र निर्माण कार्य गर्न पाउनुपर्ने प्रावधानलाई उल्लेख गर्दै अदालतले सो कार्य नभएको देखिएको भन्दै तत्काल भवन निर्माण कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो । नेपाली काँग्रेसका दिवगंत नेता रहेका स्वर्गीय रामनारायण मिश्रको आफ्नो नीजि जग्गा रहेको भवन निर्माण कार्य गराउन गुठीले तत्काल अनुमति दिएपनि समाधीस्थल निर्माणको विरुद्धमा अदालत गुहारिएको हो ।

आदेशमा २०७९/११/०४ मा जनकपुरधाम उपमहानगरपालिकाले पास गरेको नक्सासमेत उदृत गर्दै गँगासागर पोखरीलाई अपूर्णिय क्षति पुग्न सक्ने भन्दै टुँगो नलागेसम्म निर्माण कार्य स्थगन गर्न अन्तरिम आदेश गरेको हो ।

प्रकाशित : बैशाख ०७,२०८१                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA