जम्मू कश्मीरको पहलगाममा धर्म सोधेर आतंकवादीले हाने गोली, दुई नेपालीसहित २० पर्यटकको मृत्यू : भारत JCNEPAL MEDIA

बैशाख १०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : भारत जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि आतंकवादी हमला भएको छ । जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आ¥तंकवादी हमलामा दुई नेपालीसहित २७ जनाको मृ¥त्यु भएको छ। नेपालका सुदीप न्यौपानेको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

लश्कर-ए-तैयबाले जिम्मा लिएको उक्त आ¥क्रमणमा धेरै पर्यटक र स्थानीय मा'रिएका छन्। प्रधानमन्त्री मोदी साउदी अरेबियाको भ्रमण छोट्याएर भारत फर्कँदै छन्। हमलामा २० बढी पर्यटकको ज्यान गएको छ । थुप्रै घाइते भएका छन् । भारतीय अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले गोली प्रहार गरेर पर्यटकहरूको हत्या गरेका हुन् । पर्यटकहरुलाई धर्म सोधेर गोली मारेको पीडित पर्यटकहरुले बयान दिएका छन् । उनीहरु हिन्दु भएपछि गोली मारेको बताईएको छ । सो आतंकी हमलामा नेपालका संदीप न्यौपाने र वितन अधिकारीसहित २० बढी पर्यटकको हत्या गरिएको छ । कैर्यौँ जना घाईते समेत भएका छन् ।

नामावली हेर्नुहोस् जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई पछिल्ला वर्षमा आम नागरिकमाथि भएको ठूलो हमला भनेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही घाइतेलाई उपचारका लागि अनन्तनागमा रहेको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । जम्मु–कश्मिरका स्वास्थ्यमन्त्री सकिना इटुका अनुसार अस्पतालमा भर्ना गरिएकामध्ये एकको अवस्था गम्भीर रहेको छ ।

जम्मु–कश्मिर घाटीमा पर्यटकहरूको आगमन हुने मुख्य सिजनमा आतंकवादीहरूले आक्रमण गरेका हुन् । पहलगाम पर्यटकहरूका लागि लोकप्रिय मानिन्छ । पहलगाममा हरियाली घाँसे मैदान र नीला तालमा रमाउन यहाँ प्रत्येक वर्ष थुप्रै पर्यटक भिजिट गर्छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई सरकारले नछाड्ने उनको भनाइ छ । जम्मु–कश्मिरका मुख्यमंत्री उमर अब्दुल्लाहले घटनापछि दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म स्तब्ध छु, आगन्तुकहरूमाथि भएको यो आक्रमण अत्यन्त निन्दनीय छ ।

प्रकाशित : बैशाख १०,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA