वासदेवपट्टिकाे जहर काण्डमा नयाँ माेड मृतकको शरिरमा घाउ, श्रीमानले जहर खुवाएर चारैलाई मारेको आशंका JCNEPAL MEDIA

बैशाख १२,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : गत बैशाख ९ गते मँगलबार धनुषामा भएको जहर काण्डमा श्रीमानलेनै जहर खुवाएर आफ्ना सन्तान तथा श्रीमतिलाई मारेको आशंका बढेको छ । सोमबार राती धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा बासुदेवपट्टिस्थित आमाले तीन सन्तानलाई विष खुवाएर मारेको घटनामा नयाँ मोड आएको छ ।

अस्पतालमा विष खाएर गम्भिर घाईते भएकी आमाको शरिरमा धारिलो हतियारले हानेको घाउ भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । बासुदेवपट्टि बस्ने स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी कृति साह र २ वर्षीया प्रिति साहको विषको कारण मृत्यू भएको थियो । सोही विष उनकी श्रीमति बबिताले खाएपछि गम्भिर घाईते भई जनकपुरको रामजानकी अस्पतालमा भर्ना भएकी थिइन् । शुक्रबार उनको मृत्यू भएको छ । उनको मृत्यू भएपछि पोष्टमार्टमको लागि लिएर जाँदै गर्दा शरिरको पछाडी भागमा धारिलो हतियार प्रहार भएको घाउ भेटिएको हो ।

उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उनको आजै दिउँसो मृत्यू भएको हो । प्रारम्भिक जानकारी अनुसार घरमै आमाले तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि आत्महत्याको उद्देश्यले विष खाएको बताइएपनि बबिताको शरिरमा देखिएको घाउपछि उनलाई विष खुवाएर श्रीमानले नै मारेको शंका उब्जेको छ । अहिले बबिताका श्रीमान र उनका ससुरापक्ष सबै जना फरार रहेका छन् ।

आमाले आफ्नै तीन छोराछोरीलाई खुवाइन जहर, तीनैको मृत्यू, आमा गम्भिर ! गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ । बच्चा पनि अहिले आईसीयूमा राखेर उपचार भईरहेको छ । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गर्न मानेका छैनन् । बबिताका माईत पक्षले भने छोरी र नातीहरुलाई जबरदस्ती विष खुवाएर मारेको आरोप लगाएका छन् ।

प्रकाशित : बैशाख १२,२०८१                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA