काँग्रेस सह-महामन्त्रीको चरित्र हत्या गरेको भन्दै कार्यकर्ताहरुले गरे राजमार्गमा चक्का जाम : धनुषा JCNEPAL MEDIA

बैशाख १३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादवलाई चरित्र हत्या गरेको भन्दै धनुषामा काँग्रेसका नेता कार्यकर्ताहरु चक्का जाम गरेका छन् ।

भाटभटेनी चोरी काण्डमा काँग्रेस नेता यादवलाई अनाहकमा जोडेर मादमर्दन गरेको भन्दै कार्यकर्ताहरुले राप्रपाका अध्यक्ष राजेन्द्र लिँगदेनविरुद्ध नारावाजी समेत गरेका छन् । नेता यादवले मुकेश नामक आफ्नो कुनै छोरा नरहेको स्पष्ट पारिसकेका छन् । उनको दुवै छोरा डाक्टर रहेको र विदेश रहेको प्रष्टयाएका छन् ।

जनकपुर ढल्केवर सडकखण्डमा लक्ष्मीनियाँस्थित नेता कार्यकर्ताहरुले आधा घण्टा चक्का जाम गरेर विरोध जनाएको हो । राप्रपा अध्यक्ष लिँगदेनले सह-महामन्त्री यादवलाई जोडेर उनको छोरा भाटभटेनी चोरी काण्डमा सँलग्न रहेको बयान दिएपछि उनको चौतर्फी विरोध भएको हो । केही मिडियाहरुले समे्त मुकेश यादव नामक व्यक्तिलाई उनको छोरा बनाएर समाचार प्रकाशित गरेको हो ।

उनको दुई छोरा डा. आकाश र डा. विकास रहेका छन् । मुकेश उनको कुनै छोरा नरहेको प्रष्टयाएका छन् ।

प्रकाशित : बैशाख १३,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA