मंसुरी एकता मञ्च नेपाल, कपलेश्वर द्वारा रक्तदान कार्यक्रम सम्पन्न : धनुषा JCNEPAL MEDIA

बैशाख १३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मंसुरी एकता मञ्च नेपाल, कपलेश्वर द्वारा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएका छन । ४० वर्ष अगाडि विदेश कतारमा स्थापना भएका संस्था २०८१/०८२ मा जिल्ला प्रशासन कार्यालय, धनुषामा मंसुरी एकता मञ्च नेपाल , कपलेश्वर नामक दर्ता गराएका थिए । उक्त संस्था समाजिक गतिविधिमा सक्रियता बढी देखाइरहेका हुन्छन् ।

११ सदस्य रहेको कमिटीमा २ जना महिला सदस्य रहेका छन । व्लडकाे कमिबाट कसैकाे ज्यान नजाओस भने उदेश्यले याे संस्था व्लड डुनेट कार्यक्रम राखेका छन । दलित, महिला , मुस्लिम ,जेष्ठ नागरिक र अति विपन्न परिवारकाे सुरक्षार्थ उक्त कार्यक्रम राखेको थियो , भने अध्यक्ष जाल माेहमद नदाफले जानकारी गराएका थिए ।

उक्त रक्तदान कार्यक्रममा ३० जना जतिले ब्लड दान गरेका थिए । साथै, समय- समयमा यस्ता कार्यक्रम गरिरहने अध्यक्षले जनाएका छन । संस्थामा उपाध्यक्ष कलामत नदाफ, फर्मुद नदाफ ,सचिव सदरे आलम मंसुरी , सह-सचिवव माे. कुरवान नदाफ, काेषाध्य माे. अकवर नदाफ , सदस्य अजित नदाफ, सलमान नदाफ, कलम नदाफ महिला सदस्य कुवेता खातुन र सकिला खातुन समेत रहेका छन ।

प्रकाशित : बैशाख १३,२०८१              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA