ट्रम्पले चलाए भारतमाथि ब्यापारको डन्डा : JCNEPAL MEDIA

जेष्ठ ०२,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मले एक पछि अर्को गर्दै भारतमाथि ‘ब्यापार’को डन्डा चलाउन सुरु गरेका छन्। भारत पाकिस्तानबीच युद्धबिराम सम्झौता गराउन पनि ट्रम्पले यही ‘कार्ड’ प्रयोग गरे।

खाडी राष्ट्रको भ्रमणमा रहेका ट्रम्पले त्यहाँ पनि भारत-पाकिस्तानबीचको युद्ध बिराममा अमेरिकाले खेलेको भूमिका र भारतसँगको ब्यापारबारे बोलिरहेका छन्। युद्धबिरामका लागि ट्रम्पको भूमिकालाई लिएर अहिले भारतीय राजनीति भने विभाजित बनेको छ। र विपक्षीहरूले मोदीको आलोचना गरिरहेका छन्। मोदीले भने पाकिस्तानको हारगुहार पछि युद्धबिराम भएको भन्दै अमेरिकी भूमिकालाई अहिलेसम्म स्वीकार गरेका छैनन्।

ट्रम्प आफैले भारत र पाकिस्तान दुबैलाई अमेरिकाले ब्यापार बन्द गर्ने चेतावनी दिएपछि युद्ध बिराम भएको दाबी गरेका छन्। यसबीचमा कतारको दोहामा ट्रम्पले भारतले अमेरिकी उत्पादनमाथि कुनै पनि भन्सार शुल्क नलगाउने सम्झौता गरेको दाबी गरेका छन्। यद्यपि यसबारे भारतले भने केही प्रतिक्रिया दिएको छैन। कतिपय भारतीय मन्त्रीहरूले यसबारे पत्रकारहरूलाई अमेरिकासँग वार्ता भइरहेको र त्यसमा थप प्रगती हुन बाँकी रहेको प्रतिक्रिया दिएका छन्। भारतले अमेरिकासँग एउटा त्यस्तो सम्झौताको प्रस्ताव राखेको छ, जहाँ उसले कुनै पनि अमेरिकी सामानहरूमा भन्सार शुल्क लगाउने छैन’ ट्रम्पले भनेका छन्।

उनले तत्कालका लागि भारतमा एप्पल (आइफोन निर्माता) कम्पनीलाई आफ्नो कुनै पनि उत्पादनमूलक लगानी नगर्न पनि आदेश दिएका छन्। उनले एप्पलका कार्यकारी निर्देशक टीम कूकसँग यसबारे कुरा गरेको बताएका छन्। एप्पलले चीनमा जसरी उत्पादन कम्पनीमा लगानी गरेको त्यसलाई अमेरिकाले सहन गरेको भन्दै अब त्यसलाई भारतमा नसार्न पनि उनले भनेका छन्। यसअघि चीनसँगको चलेको करयुद्द्ध कारण एप्पलले अधिकांश उत्पादन चीनबाट भारतमा सार्ने अन्तिम तयारी गरिसकेको थियो। मैले टीम कूकसँग कुरा गरिसकेको छु कि उनले भारतमा एप्पलको उत्पादन भारतमा गर्ने छैनन्।

भारत अहिले अमेरिकी सामानमाथि कर छुट दिने प्रस्ताव गरिसकेको छ। भारतमा यो लगानी आवश्यक छैन। किनकी भारत संसारमा सबैभन्दा धेरै कर असुल्ने देश हो। उसले आफ्नो ख्याल आफै राख्नसक्छ। अमेरिका-भारतबीच लगभग १२९ अर्ब डलर बराबरको ब्यापार हुन्छ। भारतले लगभग ९१ अर्ब डलर बराबरका सामग्रीहरू निर्यात गर्छ। यो भनेको भारतीय कूल निर्यातको लगभग १८ प्रतिशत हो। र अमेरिकी आयातको लगभग ३ प्रतिशत हिस्ता हो। जसका लागि ट्रम्पले २७ प्रतिशत भन्सार कर तोकिदिएका छन्। त्यो बाहेक भारतले निकै कममात्रै सामग्रीहरू अमेरिकाबाट ल्याउँछ। ट्रम्पका अनुसार भारत अब अमेरिकाबाट ल्याउने सामानहरूमा भन्सार कर नलगाउन सहमत भइसकेको छ।

प्रकाशित : जेष्ठ ०२,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA