नेकपा एमाले धनुषा अधिवेशनमा कडा प्रतिस्पर्धा, अध्यक्ष पदको उमेदवार भाेला यादव र लक्ष्मी नारायण यादव बीच : JCNEPAL MEDIA

जेष्ठ ०७,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : आसन्न नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । भाेला यादव र लक्ष्मी यादव अध्यक्ष पदकाे उमेदवार रहेको बुझिएको छ । एमाले जिल्ला अध्यक्ष पदका लागि भाेला यादवकाे पनि बल्याे उमेदवारी रहेको बुझिएको छ । भाेला यादव धनुषा कमिटीमा उपाध्यक्ष र संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालि सकनु भएका छन ।

महासेठ नजिक रहेका अध्यक्ष पदकाउमेदवार भाेला यादवकाे पनि उतिकै सम्भावना रहेको बुझिएको छ । यता अर्का उमेदवार लक्षमी यादवकाे पनि उतिकै सम्भावना रहेको बुझिएको छ । लक्ष्मी नारायण यादवको प्यानलको पहिला भन्दा अहिले बढी सम्भावना देखा परेको छ । एमाले जिल्ला अध्यक्ष पदका लागि लक्ष्मी नारायण यादव र भोला यादव बीच प्रतिस्पर्धा हुदा लक्ष्मी पक्षको सम्भावना बलियो हुँदै गएको हो । अहिलेसम्मको राजनीतिक समीकरण, कार्यकर्ताको समर्थन र संगठन भित्रको प्रभावको विश्लेषण गर्दा लक्ष्मी यादव नेतृत्वको प्यानलप्रति कार्यकर्ताहरूको झुकाव बढी देखिएको छ ।

लक्ष्मी यादव एमालेमा एक अनुभवी, समर्पित र कार्यकर्ता मैत्री नेताका रुपमा चिनिन्छन् । संगठन विस्तार, आन्दोलनमा सक्रियता र नेतृत्व क्षमताका कारण उनको लोकप्रियता जिल्ला र केन्द्रमा मजबुत छ । उनी नेतृत्व गरेको प्यानललाई वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव, उमाशंकर अरगरिया, संजीव झा “सुरज” लगायत नेताहरूको खुला समर्थन रहेको छ । मधेस प्रदेश सभामुख रामचन्द्र मण्डलले पनि आन्तरिक रूपमा सो प्यानललाई सघाईरहेको श्रोतको दाबी छ ।

अध्यक्ष पदका उम्मेदवार लक्ष्मी नारायण यादवले आफु लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएको र कार्यकर्ताले आफूप्रति विश्वास राखेकाले विजयप्रति आशावादी रहेको बताए । लक्ष्मी यादवको प्यानललाई कार्यकर्ताले ’अनुभव, लगनशीलको संयोजन’, ’समर्पण र इमान्दार नेतृत्वको प्रतीक’का रूपमा हेरिदै आएको छ । प्यानलले जिल्ला पार्टी संगठनलाई सशक्त बनाउने अठोटका साथ अधिवेशनमा प्रतिस्पर्धा गरिरहेको छ । यसअघि अध्यक्ष पदका उम्मेदवार लक्ष्मी यादवले जिल्ला सचिव नेतृत्व प्रतिको जिम्मेवार नेताको रूपमा कार्यकर्ताहरुले मानिरहेको छ ।

प्रकाशित : जेष्ठ ०७,२०८२                       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA