सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

जेष्ठ ११,२०८२ / जेसी नेपाल संवाददाता

सर्लाहीस्मा महिला तस्करले भन्सारको गाडीमाथि आक्रमण गरेको बुझिएको छ । सीमावर्ती क्षेत्रबाट तस्करी कार्य बढेको व्यापक जनगुनासो आएपछि मलंगवा भन्सार कार्यालयबाट त्रिभुवन नगर क्षेत्रमा खटिएका भन्सार गस्ती टोलीको पिकअप माथि शुक्रवार अपरान्ह् आक्रमण गरेको जनाइएको छ । जेनतेन पिकअप कुदाएर भाग्न सफल भएको भन्सार कार्यालय श्रोतबाट बुझिएको छ ।

मलंगवा भन्सार कार्यालयका पिकअप माथि ढुंगामुढा गराउने तस्करहरुको अहिले उक्त क्षेत्रमा ठूलो साम्राज्य रहेको हुँदा बा. १ झ. ८६२६ नम्वरको गाडी माथि महिलाहरुले ढुंगामुढा गर्दा गाडीको सिसा फुटेको छ । भन्सारको गस्ती टोलीले महिलाहरु भारतबाट ल्याइरहेका डिउ, स्प्राइट, कोकाकोला, स्ट्रींग, रेडबुल सहितका जुसका बोटलहरु नियन्त्रणमा लिएपछि उनीहरु भन्सारको गाडी माथि जाइलागेका थिए । सर्लाहीमा यस्ता गतिविधि हुनु अहिले सामान्य बन्दै गएको छ । हरेक स्थानमा सेटिंगमै तस्करी कार्य फस्टाउदै गएको कारण भन्सार कार्यालयको राजस्वलाई समेत प्रभावित पारेका छन् ।

यस विषयमा मलंगवा भन्सार कार्यालयका प्रमुख ठाकुर आचार्यले सीमानाकामा गस्ती अनुगमनको क्रममा शुक्रवार अपरान्ह् तस्करी कार्यमा महिला तथा बालबालिकाहरुलाई प्रयोग गराएर ल्याउदै गरेका सामानहरु खोस्ने क्रममा उनीहरुले हाम्रा टोली माथि आक्रमण गरेको स्वीकारे । महिलाहरुले हानेको ढुंगा प्रहारबाट भन्सारको गाडीमा क्षति भएको बताए । मानिस पहिचान भईसकेको हुँदा प्रहरीसंग समात्न अनुरोध गरेका छौं, मुद्दा दर्ता गरेर समातिने प्रक्रियामा अघि बढ्ने उनले स्पष्ट पारे । एक प्रश्नको जवाफमा भन्सार प्रमुख आचार्यले सीमानाकाबाट हुने चुहावटको कारण लक्ष्य अनुसारको राजस्व उठाउन अलि गाह्रो रहेको बताउदै हामी लक्ष्य अनुसारको राजस्व संकलन गर्न हरेक किसिमका उपायहरु अवलम्बन गर्दै आइरहेका छौं तैपनि सफलता पाउन नसकेको बताए ।

भन्सार कार्यालयको गाडी माथि भएको तोडफोडको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राईले भन्सार कार्यालयको गाडी माथि आक्रमण गर्नेहरुको खोजी कार्य भईरहेको बताएपनि भन्सार कार्यालयले अहिले सम्म लिखित जानकारी नगराएको उहाँको भनाई छ ।

प्रकाशित : जेष्ठ ११,२०८२                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA