पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला : बालकोट JCNEPAL MEDIA

जेष्ठ ११,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : भक्तपुरको बालकोटमा एक महिला मृत फेला परेकी छन्। सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो।

उनका श्रीमान उपत्यका बाहिर गएका थिए। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन्। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन्। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा रहेको बुझिएको छ। उनको शरीरमा कुनै चोटपटक भने छैन। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। के कति कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबर्जस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी थिइन्।

प्रकाशित : जेष्ठ ११,२०८२                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA