जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जेष्ठ १३,२०८२ / जेसी नेपाल संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा अख्तियार पसेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ।

उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई पक्राउ गरी घरमा रहेका विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। प्रदेश सांसद कुशवाहा भने सम्पर्कविहीन रहेको अख्तियार स्रोतको भनाइ छ।

कुशवाहाको भागमा परेका योजनाहरू बिक्री गरेको भने गोप्य सूचनाको आधारमा छापा मारिएको जनाईएको छ। कुशवाहा महोत्तरी ४ (ख) बाट दोस्रो पटक निर्वाचित सांसद हुन भने मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री पनि हुन। सोमबार गरिएको छापामारीको क्रममा अख्तियारले साँसद महतोको घरबाट योजना बिक्रीको प्रमाण, कागजातहरु फेला पारेको हो ।

प्रकाशित : जेष्ठ १३,२०८२                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA