धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

असार २,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : श्रीमतीमाथि जबरजस्ती करणी (वैवाहिक बलात्कार) गरेको अभियोगमा धनुषा जिल्ला अदालतले एक पुरुषलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले जेठ १३ गते अभियुक्त श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको प्रक्रिया अघि बढाएको थियो। त्यसक्रममा जेठ २९ गते हुने पेसीमा सजाय पूर्वको प्रतिवेदन पेश गराउने आदेश दिइएको थियो।

सोही आधारमा जेठको अन्तिम शुक्रबार (२०८२ जेठ ३१ गते) अन्तिम फैसला सुनाउँदै अदालतले छ महिनाको कैद र पीडित श्रीमतीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो। यो मुद्दा पहिलो पटक २०७९ चैत २१ गते दर्ता गरिएको थियो, जब पीडित श्रीमतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन्।

त्यसपछि २०८० साउन २१ गते पहिलो पेसी बसेको थियो, जसमा अदालतले धरौटी माग गरेको थियो। करीब ३६ पटकसम्म सुनुवाइ भएपछि बल्ल निष्कर्षमा पुगेको यस मुद्दाले वैवाहिक सम्बन्धभित्रको यौन जबर्जस्तीलाई कानुनी रूपमा कसरी हेरिन्छ भन्ने विषयमा गम्भीर सन्देश दिएको छ।

प्रकाशित : असार २,२०८२                        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA