इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

असार ५,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी–लाकी ज्वालामुखी विस्फोटपछि बाली आउने–जाने दर्जनौँ उडान रद्द भएका छन्।

फ्लोरेस टापुस्थित ज्वालामुखी मंगलबार सक्रिय भएपछि सतर्कता उच्चतम स्तरमा पुर्‍याइएको छ। बालीको नगुराह राय विमानस्थलबाट जेटस्टार, भर्जिन अस्ट्रेलिया, एयर इन्डिया, एयर न्यूजिल्याण्ड, टाइगरएयर र जुनेयाओ एयरलाइन्सका उडानहरू रद्द भएका छन्।

जेटस्टारका अनुसार रातिसम्म खरानीको बादल हट्ने र त्यसपछि उडानहरू सञ्चालनमा आउने अपेक्षा गरिएको छ। फ्लोरेस टापुको लाबुआन बाजो गन्तव्यका एयर एसियाका उडान र माउमेरे नजिकको फ्रान्सिस्कस जाभेरियस सेडा विमानस्थल पनि बिहीबार बिहानसम्मका लागि बन्द गरिएको छ।

प्रकाशित : असार ५,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA