भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

असार ५,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : भिजिट भिसामा विदेश जाने यात्रुहरूको व्यवस्थापन र अभिलेखीकरण प्रक्रिया सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सक्रियता देखाएको छ। मुख्यसचिव एकनारायण अर्यालले सात दिनभित्र भिजिट भिसामा जाने यात्रुहरूको भिसा स्क्यान गरी अभिलेखीकरण गर्न निर्देशन दिएका छन्।

भिजिट भिसा प्रकरणमा देखिएको अनियमितता र विवादलाई मध्यनजर गर्दै मुख्यसचिव अर्यालले अध्यागमन सेवा प्रणाली चुस्त बनाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका प्रमुखहरूसँग बुधबार छलफल गरेका हुन्। छलफलमा अर्यालले पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वैदेशिक रोजगार विभाग तथा अध्यागमन सेवा प्रणाली (नेपाल पोर्ट)का सेवाहरूलाई आपसी रूपमा अन्तरआबद्ध गरी सहज सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

साथै, राहदानी रोक्का सम्बन्धी सूचना नेपाल प्रहरी र राहदानी विभागबीच आदानप्रदान हुने गरी आवश्यक प्रबन्ध गर्न पनि उनले निर्देशन दिएको स्रोतले बताएको छ। त्यस्तै प्रणालीगत सुधारका लागि प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको छ। कार्यदललाई एक महिनाभित्र सरकारी सूचना प्रणालीहरूको अन्तरआबद्धताको ढाँचा तयार गर्न समयसीमा दिइएको स्रोतको भनाइ छ। कार्यदलमा सम्बन्धित विभागका सूचना प्रविधि निर्देशकहरू रहनेछन् भने त्यसको समन्वय प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलीले गर्नेछन्।

बैठकमा गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र विभागीय प्रमुखहरू तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र महाशाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो।

प्रकाशित : असार ५,२०८२                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA