युवा संघका पदाधिकारीलाई प्रधानमन्त्रीले भने- गुण्डा नबन्नू, तर कसैले पिटेमा \'ओम शान्ति\' भनेर नबस्नू : JCNEPAL MEDIA

असार ९,२०८२ / जेसी नेपाल संवाददाता

लतिलपुर : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्ने बताए। 'अहिले युवा संघको काँधमा असाधारण जिम्मेवारी छ। आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ।

संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिंगो योजना बनाओस्। नयाँ इतिहास कायम राखोस्। असाधारण सक्रियताका साथ काम गरोस्,' अध्यक्ष ओलीले भने। वैचारिक हिसाबले स्पष्ट र सांगठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारुरुपमा आन्दोलन गर्नसक्ने योजना बनाउन उनको आग्रह थियो। 'विपक्षीहरूले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस्। सही बाटोका पछि लागोस्। व्यक्तिका पछि होइन,' ओलीले भने। उनले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु नहुने भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाहरूले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गरे। '

युवाहरू सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ। युवाहरूलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुस्त गतिमा अगाडि बढ्न पुग्छन्। युवाहरूलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ,' अध्यक्ष ओलीले भने, 'उही नेता कहिले कहिले आवश्यकताले दोहोरिन्छ। कहिले एक पटकमै उसको परीक्षणबाट असफल हुन्छ। हामीले पार्टीमा ठीक नेतृत्व नपाउँदा आन्दोलन रुमलियो। जनताको बहुदलीय जनवाद (जबज) पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौं। जब सही नेतृत्व पायौं, त्यसपछि पार्टीलाई सुस्पष्ट र मजबुद बनाएर अघि बढ्यौं।'

आफूहरुलाई सिध्याउँछौं भनेर प्रतिक्रियावादीहरु लागे पनि आफूहरू मजबुद हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको तर पार्टीमा विभाजना गराइएकाले फेरि पार्टीलाई जस्ताको तस्तै बनाएर अघि बढेको त्यो सामर्थ्य (रिजिलेन्स) एमालेसँग भएको स्पष्ट गरे। 'अहिले अर्थबिनाको युवा भनेर उचाल्ने प्रवृत्ति छ। जहाँ पनि युवामात्रै भनेर हुँदैन। कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। दक्षता, सीप र अनुभव आदि कुराहरू चाहिन्छ। कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ। हाम्रा युवाहरू दम्भी, घमण्डी हुने छैनन्।

क्षमतावान् विनयी र शालीन हुनेछन्। गुण्डा हुने छैनन्, बलवान हुनेछन्। कसैले गालामा पिट्न आएमा ओम शान्ति... भनेर चाहिँ बस्दैनन्। त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ,' उनले भने।

प्रकाशित : असार ९,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA