भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ : राैतहट JCNEPAL MEDIA

असार ११,२०८१ / जेसी नेपाल संवाददाता

रौतहट प्रहरीले लागु औषध ओसारपसारमा संलग्न एक ई-रिक्सा चालकलाई पक्राउ गरेको छ। भारतबाट लागु औषध खरिद गरी ल्याउँदै गर्दा गौर नगरपालिका-३ मा चालक पक्राउ परे। पक्राउ परेका व्यक्ति चन्द्रपुर नगरपालिका-४ का २७ वर्षीय अजय बिक हुन्, र उनीबाट लागु औषध बरामद गरियो। रौतहट सीमावर्ती भारतीय बजारबाट लागु औषध खरिद गरी ई-रिक्सामा लुकाएर नेपाल ल्याउँदै गरेका चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३ स्थित बी.पी. चौकमा शङ्का लागि जाँच गर्दा लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा ना १ ह ७८९३ नम्बरको ई–रिक्सा चालक चन्द्रपुर नगरपालिका–४ निवासी २७ वर्षीय अजय बिकलाई नियन्त्रणमा लिएको हो। उक्त नम्बरको ई–रिक्सा चलाएर आएका बिकको साथबाट फेनारगन ११० पिस, डाइजापाम ४७ पिस, बुप्रेनर्फिन ११० पिस र कोरेक्स ६३ पिस लागु औषध बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दीपक कुमार रायले बुधवार बिहान जानकारी दिए ।

बिकलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखी थप अनुसन्धान जारी रहेको उनले बताए । पक्राउ गरिएको स्थान बी.पी. चौक जिल्ला प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पश्चिम उत्तरतर्फ पर्छ।

प्रकाशित : असार ११,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA