बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिले भोलिपल्टै डिएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन : JCNEPAL MEDIA

असार ११,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्ट डिएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन भएको छ। मधेस प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा समिति गठन गरेको हो। उक्त समितिले यथाशीघ्र प्रतिवेदन बुझाउने कार्यालयका प्रवक्ता डिएसपी विनोद यादवले जानकारी दिए।

सप्तरीमा बलात्कार मुद्दामा राजविराज-६ का आकाश आदर्शले सफाइ पाएको र सफाइ पाएको भोलिपल्टै डिएसपी क्वार्टरमा आयोजित एउटा पार्टीमा सहभागी भएको भन्ने समाचारबारे बुधबार राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आइजिपी दीपक थापालाई प्रश्न गरेका थिए। यस विषयमा आइजिपी थापाले मधेस प्रदेश प्रहरी कार्यालयका डिआइजी उमाप्रसाद चतुर्वेदीलाई सम्पर्क गरी आवश्यक छानबिन गर्न निर्देशन दिएको बताएका थिए।

‘डिएसपीको क्वार्टरको उक्त तस्बिर अगाडिकै रहेछ। पत्रिकामा आज निस्केको हो। त्यस सन्दर्भमा मैले मधेस प्रदेशका डिआइजीलाई छानबिनको लागि के भएको हेर्नु भनेको छु। इन्स्पेक्टरको बर्थड‍‍े रहेछ। उनले लगेर डिएसपीको क्वार्टरमा बसेको फोटो आएको छ। यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ,’ उनले भने। राजविराज-६ का आकाश आदर्शले बलात्कार मुद्दामा जिल्‍ला अदालत सप्तरीबाट जेठ ४ गते सफाइ पाएका थिए।

त्यसको भोलिपल्टै प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन बनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा पार्टी गरिरहेको तस्बिर बाहिरिएको थियो।

प्रकाशित : असार ११,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA