भोजपुर सामूहिक हत्या प्रकरण : आरोपी राई घाइते अवस्थामा फेला, थप उपचारका लागि धरान लगिँदै JCNEPAL MEDIA

असार २२,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान रेफर गरेको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा शनिबार राति भएको सामूहिक हत्या प्रकरणका आरोपी राईलाई उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको हाे ।

प्रहरीका अनुसार, पेटमा तीन स्थानमा चोट लागेर गम्भीर घाइते भएका राईलाई सुरुमा जिल्ला अस्पताल भोजपुरमा उपचारका लागि लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचार आवश्यक देखिएपछि धरान पठाउने निर्णय गरिएको भोजपुर प्रहरीले जनाएको छ। शनिबार राति सवा १ बजे आरोपी राईले आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरी घटना जानकारी गराएका थिए। सो जानकारीपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हवल्दारको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

टोलीले राईलाई रामप्रसाद राई गाउँपालिका–१ स्थित हर्बुभञ्ज्याङ भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला पारेको थियो। प्रहरीका अनुसार, घटनास्थल र राई फेला परेको स्थान बीच करिब ४–५ किलोमिटर दूरी रहेको छ। घटनामा राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी, १६ वर्षीया श्रीमती (छोरी) र १० वर्षीय साला (छोरा) को हत्या भएको थियो। घटनाको कारण भने अझै स्पष्ट भइसकेको छैन र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : असार २२,२०८२                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA