जनकपुर रेल्वेमा कटेर एक जना पुरूषको मृत्यू : JCNEPAL MEDIA

असार २३,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल रेल्वेमा कटेर एक जनाको मृत्यू भएको छ । आज बिहान ९ः४० बजे देउरी परवाहा स्टेशनदेखि पूर्व रेल्वे लिकमा एक जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, जयनगर जनकपुर रेल्वेमा कटेर एक जनाको ज्यान गएको हो । मृतकको पहिचान अझै हुन नसकेको जनाइएको छ ।

कानमा ईयरफोन लगाएर रेल्वे लीकमा हिडीरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उनको रेल्वेमा कटेर ज्यान गएके हो ।

रेल्वे आफनाे गतिमा रहेको बेला रोक्न खोजेपनि उनको ज्यान भने बाँच्न सकेनन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

प्रकाशित : असार २३,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA