कमाण्ड कन्ट्रोलमा अब्बल डिआईजी चतुर्वेदी ,मुस्लिम समुदायको दाहा शान्तिपूर्वक सम्पन्न : मधेस प्रदेश JCNEPAL MEDIA

असार २३,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा मुस्लिम समुदायद्वारा निकालिएको ताजिया अर्थात ‘दाहा’ यस वर्ष पूर्ण रूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। यसमा मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीको नेतृत्व र कमाण्ड कन्ट्रोल प्रणाली प्रशंसनीय देखिएको छ। प्रहरी संगठनभित्र डिआईजी चतुर्वेदी एक निडर, दक्ष अनुसन्धानकर्ता र भिड नियन्त्रणमा अब्बल अफिसरका रूपमा चिनिन्छन्।

मधेश प्रदेशको प्रमुख बनेदेखि उनले मुद्दा शाखा, आर्थिक लेनदेन शाखा, अपराध अनुसन्धान शाखा तथा महिला–बालबालिका शाखामा उल्लेख्य सुधार ल्याउँदै सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सेवा अनुभव हुने गरी काम गर्दै आएका छन्। यस वर्ष मधेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा गरी २१९ ठाउँमा महरमको अवसरमा ताजिया निकालिएको थियो। सुरक्षा व्यवस्थापनका लागि ३४८४ सुरक्षाकर्मी खटाइएका थिए। विगतका वर्षहरूमा महरमका क्रममा भिड नियन्त्रणमा समस्या देखिन्थ्यो भने कहिलेकाहीँ झडप र अशान्ति समेत हुने गर्थ्यो। तर यसपटक डिआईजी चतुर्वेदीको सशक्त नेतृत्वमा कुनै अप्रिय घटना  डिआईजी चतुर्वेदीले कमाण्ड सम्हालेदेखि जनताको समस्या छिटो सम्बोधन हुने व्यवस्था मिलाएका छन्।

कानुन बमोजिमको सेवा तत्काल दिन निर्देशन दिएपछि सर्वसाधारण प्रहरी कार्यालय धाउने झन्झटबाट समेत बचेका छन्। यस वर्ष केही ठाउँमा हिन्दु–मुस्लिम समुदायबीच मनमुटावको सम्भावना देखिएको भए पनि डिआईजी चतुर्वेदीको ‘प्रोफेशनल डेडिकेशन’ ले सम्भावित विवादलाई नियन्त्रणमा राख्यो। वीरगञ्जमा दाहा निकालिँदा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्र स्वयं फिल्डमा खटिएर सुरक्षा व्यवस्थापन गरेका थिए।

डिआईजी चतुर्वेदी स्वयं सबै जिल्लामा पुगेर सुरक्षाको आकलन गरेका थिए र प्रदेश प्रहरी कार्यालयबाट निरन्तर ‘मिनेट–मिनेट’को अपडेट संकलन गर्दै निर्देशन दिइरहेका थिए। यसपटक वीरगञ्जमा विशेष ध्यान दिइएको थियो। यसरी राम्रो कमाण्ड र समन्वयको उदाहरण प्रस्तुत गर्दै मधेश प्रदेश प्रहरीले महरमको दाहा शान्तिपूर्ण रूपमा सम्पन्न गराएर नागरिकस्तरबाट प्रशंसा कमाउन सफल भएको छ।

प्रकाशित : असार २३,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA