बलिवुड फिल्म \'उदयपुर फाईल्स\' नेपालमा रिलिज नगर्न मुस्लिम समुदायकाे आग्रह : JCNEPAL MEDIA

असार २९,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : भारतीय फिल्म ‘उदयपुर फाइल्स स् कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् ।

मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूकाे फिल्मले नेपालको शान्तिलाई हानी पुर्‍याउन सक्ने बताइएको छ । फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु(मुस्लिम दंगा) देखाइएको जनाउँदै फिल्म रोक्न माग गरिएको हो । हाम्रो देशमा हिन्दु र मुस्लिम सबै धर्मका मानिसहरू मिलेर बस्छन् ।

यस्ता चलचित्रले हाम्रो देशको शान्तिलाई हानि पुर्‍याउन सक्छन् ,पत्रमा उल्लेख छ । त्यसकारण, हामी मुस्लिम आयोगलाई हाम्रो देश नेपालमा यो फिल्म रिलिज नगर्न नेपाल सरकारलाई तुरुन्तै अपिल गर्न अनुरोध गर्दछौं । बोर्ड अध्यक्ष दिनेश डीसीले पनि पत्र आफूकहाँ आइपुगेको जनाउँदै यसप्रति ध्यानाकर्षण भएको अनलाइनखबरलाई बताए ।

उहाँहरूले नेपालमा फिल्म आइहाले रोक लगाउन भन्नुभएको छ : उनले भने । भारतमा भने यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो क्राइम थ्रीलर फिल्मलाई एस श्रीनात र जयन्तसिंहले निर्देशन गरेका हुन् । जसलाई अमितजानीले निर्माण र रिलायन्स इन्टरटेनमेन्टले वितरण गरेका छन् ।

यसले राजस्थानको उदयपुरमा सन् २०२२ मा भएको दर्जी कन्हैया लालको वास्तविक जीवन र क्रूर हत्यालाई नाटकीय रूपमा प्रस्तुत गर्दछ । नुपुर शर्मालाई समर्थन गर्ने सामाजिक सञ्जाल पोस्टको बदला लिने आरोप लगाइएको कथावस्तु यसमा छ ।

प्रकाशित : असार २९,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA