स्रोत नखुलेको ३ लाखसहीत भारतीय नागरिक पक्राउ : राैतहट JCNEPAL MEDIA

श्रावण ०२,२०८१ / जेसी नेपाल संवाददाता

रौतहट : रौतहटको सदरमुकाम गौर स्थित प्रहरीले स्रोत नखुलेको लाखौं रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार जिल्ला सीतामढी बैरगनिया नगरपालिकाको १३ बाबालाल दास मठ टोल बस्ने बर्ष ४५ को महेश कुमार लाई अबैध रकम सहित प्रहरीले पक्राउ गरेको हो।

निजको साथबाट प्रहरीले नेपाली ३ लाख रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्युज कारखानालाई बताए । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका २ महादेवपट्टी टोल स्थित भारतबाट नेपाल तर्फ पैदल आउने क्रममा संका लागि चेकजाँच गर्दा निजको पाईन्टको पकेट भित्र लुकाई छिपाई राखिएको अवस्थामा नेपाली ३ लाख रूपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार सार्वजनिक गरेको छ।

उक्त रकमको आवश्यक कागजातहरु माग गर्दा देखाउन नसकेको हुँदा बरामद रकमसहित भारतीय नागरिक महेशकुमारलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। प्रतिक्रिया लेख्नुहोस्

प्रकाशित : श्रावण ०२,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA