अवैध काठसहित एक जना पक्राउ : JCNEPAL MEDIA

श्रावण ०४,२०८१ / जेसी नेपाल संवाददाता

पर्साको डिभिजन बन कार्यालय अन्तर्गत सबडिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रत्नपुर निवासी २४ वर्षीय मुस्तक आलम रहेका छन्।

रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले आलमलाई मोटरसाइकलमा चौंपेटा काठ लोड गरेर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ । उनी रत्नपुर क्षेत्रबाट काठ बोकेर ल्याउँदै गर्दा समातिएका हुन्।

पक्राउ परेका आलमलाई हाल डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत अहमदले जानकारी दिएका छन्।

प्रकाशित : श्रावण ०४,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA