११ एसपी एसएसपीमा बढुवा सिफारिस : JCNEPAL MEDIA

साउन ०४,२०८१ / जेसी नेपाल संवाददाता

नेपाल प्रहरीको ११ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसपीमा बढुवा सिफारिस गरेको हो।

सिफारिस हुने एसपीहरूमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पाेखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन्। बढुवा सिफारिसमा यसपटक पनि एसपी बिमल बस्नेत र रामप्रकाश शाह छुटेका छन्।

बस्नेत पहिलाे नम्बरमा भए पनि ५ वर्ष बढुवा राेक्काकाे कारबाहीमा परेका थिए। साह र बस्नेत राष्ट्रिय अनुसन्धान विभागकाे टाेलिबाट आएका हुन्। ११ एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा थिए। गृह स्रोतका अनुसार सिनियर १३ मध्येबाट ११ जना बढुवा सिफारिसमा परेका हुन्।

प्रहरीमा ११ एसएसपी खाली, ०५६ का ३ सहित ३३ एसपी प्रतिस्पर्धामा रहेका छन ।

प्रकाशित : साउन ०४,२०८१                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA