मधेश प्रदेश लोकसेवाबाट पास भएका उम्मेदवारलाई मन्त्रालय द्वारा नियुक्ति दिन आलटाल : JCNEPAL MEDIA

साउन १३,२०८२ / जेसी नेपाल मिडिया

प्रदेश लोक सेवा आयोग, मधेश प्रदेश जनकपुरधामले सिफारिस गरेका एक उम्मेदवारलाई स्वास्थ्य मन्त्रालयले नियुक्ति दिन हप्तौँदेखि आलटाल गरिरहेका छन् । सहायक पाँचौं तहको रेफ्रिजरेटर टेक्निसियन (ईलेक्ट्रीकल समूह) पदको अन्तिम नतिजा गत मिति २०८२।०३।१२ मा सार्वजनिक गर्दै सिरहा नगरपालिका वडा नम्बर १५ को सरोज कुमार साहलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

आयोगको विज्ञापन नं. ११६/०८०–८१ (खुला) अनुसार लिखित र अन्तर्वार्तामा सफल उम्मेदवारको रुपमा योग्य ठहरिएका साहलाई आयोगले मिति २०८२ असार १९ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशमा सिफारिस गरेको थियो । तर, सिफारिस भएको ११ दिन बितिसक्दासमेत सरोज कुमार साहले नियुक्ति पत्र पाएका छैनन् ।

जेसी नेपाल मिडिया सँग कुराकानी गर्दै साहले भने, “मुख्यमन्त्री कार्यालय जाँदा फाईल स्वास्थ्य मन्त्रालयमा पठाएको भनेर पन्छिनछन स्वास्थ्य मन्त्रालय जाँदा दरबन्दी छैन भनेर टार्छन् । आखिर मेरो दोष के हो ?” सरोज कुमार साहको गुनासो छ प्रदेश लोक सेवा आयोगबाट विधिवत् रूपमा सिफारिस भइसकेको पदमा मन्त्रालयहरूले नियुक्ति गर्न आलटाल गर्नु आफैँमा गम्भीर प्रश्नको विषय हो । प्रदेश सरकार आयोगको निर्णयको सम्मान गर्दै समयमै नियुक्ति प्रक्रिया टुंग्याउन बाध्य छन्, तर जिम्मेवार निकायबाट नै टालटुल शैलीमा जवाफ आउनुले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठेको छ ।

यता प्रदेश लोक सेवा आयोगले सिफारिससँगै उम्मेदवारको दरखास्त फाराम, प्रमाणपत्रका प्रतिलिपि र सिफारिस सूचना संलग्न गरेर पठाएको स्पष्ट पारीसकेको छ । यसरी योग्य उम्मेदवारलाई समयमै नियुक्ति नदिंदा सरकारी सेवा प्रवेश गर्ने युवामा निराशा थपिनुका साथै, सरकारप्रति विश्वास घट्ने खतरा बढेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले गत साउन ११ मा उम्मेदवार साहलाई दिएको पत्रमा स्वास्थ्य मन्त्रालयमा दरबन्दी खाली नरहेको र दोहोरो माग हुन पुगेको उल्लेख छ । लोकसेवाबाट सिफारिस भएका उम्मेदवारलाई राजनीतिक प्रतिशोधले नियुक्ति दिन नचाहेको आरोप उम्मेदवारको छ ।

समय समयमा विवादमा आईरहने मधेश प्रदेशको लोकसेवा आयोगले विधिवत सिफारिस गरेका उम्मेदवारलाई मन्त्रालयले नियुक्ति दिन चाहेका छैनन् । एक साताको समय दिएर सचिवस्तरीय निर्णय गर्नुपर्ने सुुनाएको उम्मेदवार साहले बताए ।

प्रकाशित : साउन १३,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA