यातायात व्यवस्था कार्यालय गौरकाे लाइसेन्समा अवैध कारोबार चलिरहेको खुलासा : JCNEPAL MEDIA

साउन २४,२०८२ / जेसी नेपाल संवाददाता

रौतहटको यातायात व्यवस्था कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा चरम अनियमितता र अवैध कारोबार चलिरहेको खुलासा भएको छ।

कार्यालयमा ज्यालादारीमा नियुक्त सरसफाईकर्मी पिन्टु सिंह उर्फ रोशन सिंहले कार्यालय प्रमुख जितेन्द्रकुमार गुप्ताको निकटस्थको रूपमा सेवाग्राहीहरूसँग अवैध रकम असुली गर्दै आएको गम्भीर आरोप लागेको छ।

स्थानीय स्रोतका अनुसार सिंहले मोटरसाइकल (दुईपाङ्ग्रे) लाइसेन्सका लागि १० हजार रुपैयाँ र कार, जीप (चारपाङ्ग्रे) लाइसेन्सका लागि १५ देखि २५ हजार रुपैयाँसम्म बार्गेनिङ गरेर रकम असुल्ने गरेको पाइएको छ। आरोपअनुसार लिखित वा ट्रायल परीक्षा नदिएका व्यक्तिहरूलाई समेत रकमको आधारमा लाइसेन्स उपलब्ध गराउने प्रचलन खुलेआम चलिरहेको कटहरिया–३ का समाजसेवी रामबाबु साहले बताएका छन्। यसबाहेक, चोरीका भारतीय सवारी साधनलाई अवैध रूपमा नेपालीकरण गरेर दर्ता गराउनेसम्मको कार्यमा सिंहको संलग्नता रहेको कार्यालयकै एक कर्मचारीले दाबी गरेका छन्।

यस प्रक्रियामा कार्यालय प्रमुख गुप्ताले मौन सहमति जनाउँदै आएका आरोप लगाइएको छ। स्रोतका अनुसार, सेटिङ मिलाउने सेवाग्राहीलाई लिखित परीक्षामा २–५ प्रश्न मात्र टिक लगाउन लगाइने र ट्रायलमा पास नहुने व्यक्तिलाई प्रवेशपत्र बुझाएर मात्र हाजिरी पुर्‍याउने गरिएको छ। रकम बुझाए पछि न लिखित परीक्षा दिनु पर्ने न ट्रायल, सीधै स्मार्ट लाइसेन्स उपलब्ध गराइने अनियमितता चलिरहेको स्वयं लाईसेन्स लिएका एकजना सेवाग्राहीले बताएका छन्। स्थानीय सेवाग्राहीहरूले बढ्दो गुनासो र उजुरी गर्दा पनि सम्बन्धित निकायले अहिलेसम्म ठोस छानबिन तथा कारबाहीको प्रक्रिया सुरु गरेको छैन।

यातायात जस्तो संवेदनशील क्षेत्रमा नै प्रमुख र कर्मचारीको मिलोमतोमा रकम लेनदेन हुने अवस्थाले सेवाग्राहीहरू मर्कामा परेका छन्। कार्यालय प्रमुख गुप्ताले केही समयअघि नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि पुगेको स्वीकार गरेका छन् तर हालसम्म मुद्दा–छानबिनको अवस्था सार्वजनिक भएको छैन्। यातायात प्रमुख गुप्तासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कबिहिन भएका छन्।

प्रकाशित : साउन २४,२०८२                   ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA