जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA

भाद्र १५,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुर : जनकपुरमा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर एकजना घाइते भएको छ ।

घाइते हुनेमा देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन् । उनको दुवै घुँडामा गोली लागेको छ । घुँडामा गोली लागेका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । साथै, झडपमा ७ जना प्रहरी र सर्वसाधारण समेत घाइते भएका छन् ।

घाइते सातजना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । जनकपुर उपमहानगरपालिका- २० देवपुरा रुपैठामा शनिवार झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा लगाएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो ।

डीएसपी सिंहका अनुसार आज दुवै पक्षका भलादमी प्रहरी प्रशासनबीच सो चोकमा रहेको दुवै समुदायको झण्डा हटाउने सहमति भएको थियो । सो क्रममा प्रहरीले गोली र अश्रुत ग्यास समेत प्रहार गरेका छन् ।

प्रकाशित : भदौ १५,२०८२                ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA