जेन-जीको प्रदर्शनमा अभियान्ता ‘ई.’का भाइ ईश्वतको मृत्यु : JCNEPAL MEDIA

भाद्र २३,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : ‘ई’ नामले परिचित सामाजिक अभियान्ता ईशान अधिकारीका भाइले सोमबारको जेनजी प्रदर्शनीमा ज्यान गुमाएका छन् । राजधानीको नयाँ बानेश्वरमा सरकारले गरेको दमनमा ईश्वत बहादुर अधिकारीको मृत्यु भएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरले सार्वजनिक गरेको मृतकको विवरणमा बनस्थलीका २६ वर्षीय ईश्वतको नाम उल्लेख छ । ईश्वत जेनजीको यो प्रदर्शनीमा नेतृत्व गर्नेमध्ये एक थिए । ई करिब एक दशकदेखि सामाजिक अभियानमा अगाडि रहेर परिचित छन् । उनले सिंहदरबारका भित्तामा रातो रंग पोत्ने, कयौं दिन उभिएर बिरोध प्रदर्शन गर्ने कामले प्रशिद्ध छन् । आफ्नो पूरा नाम नखुलाउने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । संविधान मेरो होइन भनेर सिंहदरबारमा केही वर्षअघि रातो पोतेर उनी चर्चामा आएका थिए ।

संविधान जारी भएपछि ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरबारको पर्खालमा रातो पोतेका थिए । त्यस क्रममा उनी ४ पटक सम्म पक्राउ गरेका थिए । काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित भएपछि फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्नेगायतका माग राखेर केही दिन उभिएरै महानगर आन्दोलन गरेका थिए । कोरोनाको समयमा ईंले सरकारविरुद्ध ‘इनफ इज इनफ’ अभियान सञ्चालन गरेका थिए ।

कोभिड महामारीको बेला सरकारविरुद्ध उनी २३ दिन ‘अनसन’ बसेका थिए । सोमबारको प्रदर्शनीमा ईले समर्थन गर्दै आन्दोलनलाई सरकारले क्रूर दमन गर्न वा कुनै तिकडम लगाएर बिथोल्न खोजे त्यो नेपाली राजनीतिक इतिहासकै सबैभन्दा भयङ्कर मूर्खता हुनसक्ने सम्भावना रहेको चेतावनी दिएका थिए । उनै ईका भाइ ईश्वतले सोमबार ज्यान गुमाएका छन् ।

प्रकाशित : भदौ २३,२०८२                ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA