भारतीय प्रधान न्यायाधीशले इजलासमै गरे नेपालको अवस्थाबारे चर्चा : JCNEPAL MEDIA

भाद्र २५,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडाैं : भारतका प्रधान न्यायाधीश बीआर गवईले बुधबार इजलासमै नेपालबारे चर्चा गरेका छन् । बुधबार भारतीय सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनले नेपालमा हालै भएको राजनीतिक घटनाक्रमलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् ।

भारतका राष्ट्रपति र राज्यपालको अधिकार क्षेत्रसँग सम्बन्धित एक मुद्दाबारे सुनुवाइ गर्दै भारतीय प्रधान न्यायाधीश गवईले भने, ‘हामीलाई हाम्रो संविधानमाथि गर्व छ । हाम्रो छिमेकी मुलुकलाई हेर्नुस्, नेपालको हालत सबैका सामु छ ।’ भारतको संविधानमा राज्यपाल र राष्ट्रपतिका लागि विधेयकमाथि निर्णय लिन कुनै समयसीमा छैन ।

यस्तो अवस्थामा अदालतले उनीहरूलाई समयसीमामा बाँध्न सक्छ कि सक्दैन भन्नेबारे संवैधानिक इजलासमा बहस भइरहेको हो । सोही मुद्दाको सुनुवाइका क्रममा भारतीय प्रधान न्यायाधीश गवईले भारतको संविधानको प्रशंसा गरेका हुन् । उनी केही दिनअघि नेपाल भ्रमणमा समेत आएका थिए । सो क्रममा उनले नेपालका समकक्षी प्रकाशमान सिंह राउतसँग समेत भेटवार्ता गरेका थिए ।

प्रकाशित : भदौ २५,२०८२               ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA