धनुषा प्रहरीमा ठुलो चलखेल ,सरुवाले संगठनमै असर : JCNEPAL MEDIA

भाद्र ३१,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषामा पछिल्लो समय प्रहरी भित्रै ठुलो चलखेल भइरहेको छ । प्रदेशबाट सरूवा र काजफिर्ता भएको प्रहरीलाई पुनःह जिल्ला प्रहरी कार्यालय, धनुषाले प्रदेश प्रहरी कार्यालय,जनकपुरलाई वेवास्ता गरी काजमा खटाउने स्राेतकाे दावी रहेको छ ।

साथै , जिल्ला प्रहरी कार्यालय , धनुषाको मुद्दा फाटमा पनि धेरै अनियमितता रहेको बुझिएको छ । मुद्दामा एउटा गिराेहनै कब्जा गरि सहि पिडितलाई न्याय नपाएकाे, पिडितलाई प्रष्ट नभनि दिनहुँ कुदाई राख्ने बुझिएको छ । पिडत सँग वाेल्ने व्यवहार पनि राम्राे देखाउदै न भनेर जनगुनासाे रहेको छ ।

हाल जिल्ला प्रहरी कार्यालय ,धनुषाले गरेकाे सरुवाले संगठनभित्र नै उथलपुथलको संकेत दिएको छ। एसपी नरहरि रेग्मीलाई संगठन भित्रकै केही प्रहरी निरिक्षक देखि उच्च पदस्थ प्रहरीले चलखेल गराई विभिन्न प्रहरी चौकीका ३/४ जना प्रहरी सईहरूलाई कार्यअवधि नपुग्दै सरुवा गराएको बुझिएको छ ।

कोहीलाई गत जेठमा, कोहीलाई साउनमा इन्चार्जमा पठाइए पनि उनीहरूलाई छोटो अवधिमै जिल्ला प्रहरी कार्यालयमा फिर्ता वाेलाएकाे छ। स्थानीय स्तरमा प्रहरी सेवामा निरन्तरता नहुँदा चौकी संचालनमा असर पर्ने र संगठनभित्र असन्तुष्टि बढ्ने संकेत देखिएको प्रहरी स्रोतको दाबी छ।

यता, सरुवामा एसपी रेग्मीले आफ्ना नजिकका व्यक्तिलाई प्राथमिकता दिएको आरोपसमेत लाग्दै आएको छ।

धनुषा प्रहरी मातहतका चौकी इन्चार्जहरूको कार्यअवधि नपुग्दै भइरहेको यसरीको सरुवाले संगठनको चैन अफ कमाण्डमा र मनोबलमै प्रश्न उठाएको देखिन्छ।

प्रकाशित : भदौ ३१,२०८२               ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA