सिंहदरबार एमालेका निवर्तमान सांसदहरूले गरे अवलोकन : JCNEPAL MEDIA

भदौ ३१,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा एमालेका निवर्तमान सांसदहरूले सिंहदरबारमा भदौ २४ गते भएको आगलागीले जलेका संरचनाहरूको अवलोकन गरेका छन्। आगलागीले एमाले र नेपाली कांग्रेसको संसदीय दलको कार्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय लगायतका संरचना ध्वस्त भएका छन्।

प्रधानमन्त्री तथा गृह मन्त्रालयका कार्यालयहरू साविकको ठाउँमा बस्न नसक्ने भएपछि नजिकैको अर्को भवनमा सारिएका छन्।

दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय, नेपाली कांग्रेसको संसदीय दलको कार्यालयसहितका संरचनाहरूको अवलोकन गरेका हुन् । दुवै दलको संसदीय दलको कार्यालय आगलागीले ध्वस्त भएको छ । यही भदौ २४ गते भएको आगलागीका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उर्जा मन्त्रालय, शिक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका संरचना समेत जलेका छन् ।

एमालेका निवर्तमान सांसदहरू यी संरचनाको अवलोकन गर्न समेत पुगे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविकको ठाउँमा बस्न नसक्ने भएपछि नजिकै रहेको अर्को भवनमा सरिसकेको छ । गृह मन्त्रालय पनि साविकको ठाउँमा बस्न नसक्ने भएपछि अर्को भवनमा सरिसकेको छ । ती कार्यालयहरूमा भएको आगजनी एमालेका निवर्तमान सांसदहरूले आवलोकन गरेका हुन् ।

प्रकाशित : भदौ ३१,२०८२                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA