सात थान पेस्तोल, ६ वटा म्याग्जिन र गोलीसहित काठमाडौंबाट दुईजना पक्राउ : JCNEPAL MEDIA

अशाेज ०६,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं प्रहरीले काठमाडौं महानगरपालिका–१६, खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, ६ थान म्याग्जिन र ३३ राउन्ड एसएलआरको गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको गढी गाउँपालिका–८ घर भई हाल तारकेश्वर नगरपालिका–५, लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर तथा रामेछाप मन्थली नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका–१६, बोहरेटार बस्ने २८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिइन् ।

उनले भनिन्, “हिराबहादुरले पार्किङ गरी राखेको बा प्र ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सीमा तलासी गर्दा डिक्कीभित्र लुकाइ राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी दुईजनालाई पक्राउ गरिएको हो ।

हिराबहादुरलाई आइतबार र लक्ष्मणलाई सोमबार पक्राउ गरिएको र उनीहरूको साथबाट प्रहरीले पेस्तोल सात थान, म्याग्जिन ६ थान, एसएलआर राईफलमा प्रयोग हुने गोली ३३ राउन्ड, ‘वाकीटकी ह्याण्ड सेट’को ब्याट्री एक थानलगायतका सामान बरामद गरिएको प्रवक्ता चन्दले बताइन् । फेला परेको उक्त हतियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

रासस प्रकाशित : अशाेज ०६,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA