भारतकाे ओडिशामा दुर्गा पुजा विसर्जन क्रममा दुई समुदायबीच हिंसात्मक घटनापछि कर्फ्यू, इन्टरनेट बन्द : JCNEPAL MEDIA

अशाेज २०,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : भारतको ओडिशाको कटकमा दुई समुदायबीच तनाव र हिंसात्मक घटनापछि इन्टरनेट र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ। शहरका अधिकांश भागहरूमा ३६ घण्टाको कर्फ्यू लगाइएको छ।

विश्व हिन्दू परिषद्ले सोमबार कटकमा १२ घण्टा बन्दको आह्वान गरेको छ। दुई दिनअघि दुर्गा पूजा विसर्जनको क्रममा भएको झडपपछि शहरमा तनावको वातावरण कायमै छ। प्रहरी आयुक्त एस.देबदत्त सिंहले परिस्थिति नियन्त्रणमा आएको बताए। उनले भने, 'विश्व हिन्दू परिषद्का कार्यकर्ताहरूले अनुमति नदिँदा पनि आइतबार बाइक र्‍याली आयोजना गरेका थिए। उनीहरूले साम्प्रदायिक रूपमा संवेदनशील क्षेत्रहरूमा पुग्ने प्रयास गरेका थिए : उनले भने ।

प्रहरीले उनीहरूलाई रोक्यो। विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गरियो। जसमा आठ प्रहरी घाइते भए। स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले लाठीचार्ज गर्नुपर्‍यो। कुल २५ जना घाइते भए। शान्ति भंग गर्ने कुनै पनि प्रयास सह्य छैन।' ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले भने, 'कटक हजार वर्ष पुरानो सहर हो जुन आफ्नो भ्रातृत्वका लागि परिचित छ।

केही दुष्कर्मीहरूको कार्यका कारण पछिल्ला दिनहरूमा शहरको शान्ति खलबलिएको छ। सरकारले दुष्कर्मीहरूमाथि कडा निगरानी गरिरहेको छ र उनीहरू विरुद्ध कानुन अनुसार कडा कारबाही गरिनेछ।' विपक्षी दल बिजु जनता दलका नेता नवीन पटनायकले कटकको अवस्थालाई लिएर सरकारको आलोचना गरेका छन्।'शान्त ओडिशामा यस प्रकारको अशान्ति अस्वीकार्य छ। प्रहरी असहाय देखिन्छ। भाजपा सरकारको नेतृत्वमा प्रहरीमाथिको दबाबका कारण राज्यमा कानुन व्यवस्था बिग्रँदै गएको छ,'उनले एक्समा पोस्ट गरेका छन्।

प्रकाशित : अशाेज २०,२०८२        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA