सशस्त्र प्रहरी बलको ठेक्कामा मिलेमतो : २५ करोड बढि भ्रष्टाचारको आरोप : JCNEPAL MEDIA

अशाेज २४,२०८२/ जेसी नेपाल मिडिया

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको अत्यावश्यक सामग्री खरिदमा ठेकदार र उच्च अधिकारीबीच मिलेमतो गरी ठूलो मात्रामा अनियमितता र भ्रष्टाचार भएको आरोप लागेको छ।

स्रोतका अनुसार डिआईजी दिपेन्द्र कुवर र एसएसपी विकास खनालले ठेकेदार ज्ञानेन्द्र बस्नेत सँग मिलेमतो गर्दै ठेक्का प्रक्रियालाई आफ्नो पक्षमा मोड्ने गरी सम्पूर्ण स्पेसिफिकेशन र मापदण्ड तयार पारेका थिए। सशस्त्र प्रहरी बलले श्रावण १४ गते जुत्ता, बुट, सर्ट, प्यान्ट, स्लिपिङ ब्यागलगायत १४ प्रकारका सामग्री खरिदका लागि ठेक्का आह्वान गरेको थियो। तर ठेक्का खुल्नु अघि नै बस्नेतका कम्पनीहरू — जय सलिना इन्टरप्राइजेज र एभरेष्ट नेपाल फुटवेयर — लाई फाइदा पुग्ने गरी प्रतिस्पर्धा सीमित पारिएको प्रमाण फेला परेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले प्रारम्भिक छानबिनपछि अनियमितता भेटी सशस्त्र प्रहरी बललाई त्रुटि सच्याउन निर्देशन दिएको थियो। तर निर्देशन बेवास्ता गर्दै सशस्त्र प्रहरीले सामान्य संशोधन मात्र गरी ठेक्का अघि बढाएको बताइन्छ। बजार मूल्यभन्दा दोब्बर मूल्यमा सम्झौता गरिएको विवरण पनि सार्वजनिक भएको छ।

DMS बुट प्रति जोडी रु २,७७९, जबकि बजार मूल्य रु १,५००।

स्पोर्ट्स सुज प्रति जोडी रु १,६७७, जबकि बजार मूल्य रु ९००।

टप बुट प्रति जोडी रु २,८९५, जबकि बजार मूल्य रु १,६९६।

यी तीन वस्तुमा मात्र करिब ८ करोड रुपैयाँ बराबरको दुरुपयोग भएको अनुमान गरिएको छ। अन्य सामग्रीमा समेत दोब्बर मूल्यमा खरिद सम्झौता गरी कुल २५ करोड रुपैयाँभन्दा बढी राज्यकोषको दुरुपयोग भएको दाबी गरिएको छ। स्रोतका अनुसार डिआईजी कुवरले आफ्ना नातागोता र राजनीतिक पहुँच प्रयोग गरी तत्कालीन गृहमन्त्री रमेश लेखकमार्फत प्रभाव पारेर मनपरी ढंगले अफिसरहरूको सरुवा र ठेक्का प्रक्रिया अघि बढाएका थिए।

बस्नेत समूह यसअघि पनि नेपाल प्रहरीको ठेक्का विवादमा सम्लग्न रहेको थियो, जसपछि सम्बन्धित ठेक्का रद्द गरिएको थियो। अहिले सशस्त्र प्रहरीमा पनि उस्तै ढाँचा दोहोरिएको देखिएको छ। अन्य व्यवसायीहरूले समेत गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) समक्ष उजुरी दिँदै यस विषयमा गम्भीर छानबिनको माग गरेका छन्।

प्रकाशित : अशाेज २४,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA